सहकारी ठगीमा एमाले प्रदेश सांसदका छोरा पक्राउ

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

बचत हिनामिना गर्ने झापाको शिवसताक्षी– ३ मा रहेको उन्नति बचत तथा ऋण सहकारीका अध्यक्ष सुमन खनाल पक्राउ परेका छन् । उनी प्रदेश सभा सदस्य एवं एमाले नेता राधाकृष्ण खनालका छोरा हुन् ।

खनाल केही दिनअघि पक्राउ परेकामा सोमबार सहकारीका व्यवस्थापक मित्रलाल भट्टराईलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई ४३ लाख बिगोसहित ३७ जनाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका थिए ।

सुमनले सहकारीका बचतकर्ता ठगेको समाचार यसअघि नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको थियो । सहकारीका अध्यक्ष सुमन र पदाधिकारीले एक करोड ३९ लाख ७७० रुपैयाँ अपचलन गरेको शिवसताक्षी नगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनले औँल्याएको थियो ।

See More On

सुझावित समाचार