उसु विश्वकपमा विजयलाई ऐतिहासिक कांस्य पदक

आइतबार, ११ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय उसु खेलाडी विजय सिँजालीले उसु थाउलो विश्वकप २०२४ मा ऐतिहासिक कांस्य पदक जितेका छन्।

जापानमा चलिरहेको विश्वकपमा आइतबार बिहान उनले तेस्रो स्थान हासिल गरेका हुन्। विजयले ९.७६ नम्बर प्राप्त गरेका प्रशिक्षक निकेश श्रेष्ठले नयाँ पत्रिकालाई बताए।

सोही विधामा ९.७७ अंक प्राप्त गरेका मलेसियाका वेङ सन वोङले स्वर्ण पदक जितेका छन्। घरेलु टोली जापानका मोटोयोसी अराकीले ९.७६ अंकसहित रजत पदक जितेका छन्।

इभेन्टमा ९ खेलाडीले प्रतिस्पर्धा  गर्दा विजयले अमेरिका, मेक्सिकोलगायत देशका ६ खेलाडीलाई पछि पारे।

सात सदस्यीय नेपाली टिम जापान पुगेको थियो। विजयसँगै खेलाडीमा निमा घर्तीमगर, दीपक हमाल, पासाङ शेर्पा र राजीव तामाङ छन्। विजय, निमा र दीपक १३औँ दक्षिण एसियाली खेलुकद (साग)को स्वर्ण पदक विजेता हुन्।

सुझावित समाचार