अमेरिकामा लिग-२ खेल्न १५ सदस्यीय टिम घोषणा, देव र सागर रिजर्भमा

शनिबार, १० कार्तिक, २०८१
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग-२ शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। शनिबार प्रशिक्षक मोन्टी देसाईले नेपाल, अमेरिका र स्कटल्यान्डबिच अमेरिकामा हुने खेलको लागि १५ सदस्यीय टिम घोषणा गरेका हुन्। 

रोहित पौडेलको कप्तानीकाे टिममा सन्दीप लामिछाने पनि समेटिएका छन्। उनी अघिल्लो साता अमेरिका पुगिसकेका छन्। यसअघि अमेरिकामै भएको टी-२० शृंखलामा नेपालले ‘क्लिन स्विप’ गर्दा उनी भिसाको कारण टिममा थिएनन्। टी-२० शृंखलामा रहेका बलर सागर ढकाल र ब्याटर देव खनाल रिजर्भमा छन्।

नेपाली टोलीमा रोहित र सन्दीपसहित कुशल भुर्तेल, आसिफ सेख, अनिलकुमार साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल र ललित राजवंशी छन्। 

लिग-२ मा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ। मंगलबार स्कटल्यान्डसँग खेल्दा २ नोभेम्बरमा अमेरिका र ४ नोभेम्बरमा अन्तिम खेल स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ। 

लिग- २ मा आठ खेल खेलेको नेपालले एक जित मात्रै निकालेको छ। ६ खेल गुमाउँदा एक खेल अनिर्णीत भएको छ।

See More On

सुझावित समाचार