सुनको मूल्य एक लाख ६५ हजार ६ सय पुग्याे

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला  ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । 

आइतबार प्रतितोला  एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ६५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ। आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु. २० वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला रु. दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ९५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

See More On

सुझावित समाचार