कर्णालीले भित्र्यायो पाकिस्तानका हुसैनलाई

सोमबार, ५ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज टोली कर्णाली याक्सले पहिलो विदेशी खेलाडीका रूपमा पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैनलाई अनुबन्ध गरेको छ । एनपिएलमा सहभागीमध्ये विदेशी खेलाडी भिœयाउने कर्णाली पहिलो टोली बनेको छ । 

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले हुसैन अनुबन्ध गरेको जानकारी दिएका छन् । ‘आगामी लिगका लागि कर्णालीले पाकिस्तानका अलरान्डर मोहम्मद हुसैनलाई अनुबन्ध गरेको छ,’ घिमिरेले भनेका छन्, ‘उनको आगमनले टोली थप मजबुत बन्ने विश्वास छ ।’ हुसैनले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । उनले ३९४ रन बनाएका छन् । उनले सन् २०१९ मा वेस्ट इन्डिजविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । उनले टी–२० मात्रै १६९ खेलेका छन् । 

कर्णालीले अक्सनबाट ‘ए’ श्रेणीबाट राष्ट्रिय टोलीका गुल्सन झा, देव खनाल र नन्दन यावदलाई अनुबन्ध गरेको थियो । कर्णालीमा ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित ऋत गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रेले कर्णालीबाट एनपिएलमा प्रतिस्पर्धा गर्नेछन् । कर्णालीका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल हुन् । यसको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुँदै छ ।

सुझावित समाचार