मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर पर्यटकको मृत्यु भएको छ। ङिस्याङ– ३ याकखर्कमा टेन्टमा बसिरहेका स्विट्जरल्यान्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।
जुलु फरेस्ट जाने क्रममा टेन्टमा बसेका स्विट्जरल्यान्डका करिब ६३ वर्षीय मार्कुस फास्लरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए। राति सकुशल सुतेका निज बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताए।