साफ महिला च्याम्पियनसिप : श्रीलंकाको विजयी सुरुवात

शुक्रबार, २ कार्तिक, २०८१
डिजिटल संस्करण

साफ महिला च्याम्पियनसिप २०२४ मा श्रीलंकाले विजयी सुरुवात गरेको छ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध १–० को कठिन जित निकाल्यो। पहिलो हाफमै इमेशा अनुराधिनीले गरेको गोल नै निर्णायक बनेको थियो ।  

माल्दिभ्सकी गोलकिपर अमी नाथ अगाडि बढेको फाइदा उठाउँदै इमेशाले हेडर गोल गरेकी हुन्। त्यसअघि मैदानको दायाँ भागबाट सिभानेश्वरण थर्मिकाले सानदार क्रस गरेकी थिइन्।

समूह ‘बी’मा पहिलो जितपछि श्रीलंकाले तीन अंक जोडेको छ। यो जितले उसको सेमिफाइनल सम्भावना बढेको छ। माल्दिभ्सले  भने हारबाट प्रतियोगिता सुरु गरेकाे छ।

यसै समूहमा आज अपराह्न ५:३० बजे नेपाल र भुटानबिच खेल हुनेछ।

सुझावित समाचार