नेपालसँग घरेलु टोली अमेरिका १७ रनले पराजित

शुक्रबार, २ कार्तिक, २०८१
डिजिटल संस्करण

घरेलु टोली अमेरिका भ्रमणकारी टोली नेपालसँग पहिलो टी–२० खेलमा १७ रनले पराजित भएको छ। शुक्रबार बिहान डालासमा नेपालले २० ओभरमा नाै विकेट गुमाउँदै १६६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा अमेरिकाले २० ओभर खेल्दा सात विकेट गुमाएर मात्र १४७ रन बनायो। 

अब, दोस्रो खेल आइतबार बिहान हुनेछ । अमेरिका र नेपालबिच तीन २० खेलको शृंखला हुनेछन् । त्यसपछि दुवै टोली आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा सहभागी हुनेछन्। 

अमेरिकाका लागि सयन जहाँगिरले ३४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए । यसबाहेक आन्द्रेस गौसले ३० तथा मिलिन्द कुमारले २२ रन बनाएका हुन्। नेपालका लागि दीपेन्द्रले सर्वाधिक तीन तथा रिजन ढकाल, करण केसी र गुल्सन झाले समान एक विकेट हात पारेका थिए। 

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा सर्वाधिक ४९ रन बनाए। दीपेन्द्रसिंह ऐरीले २८, ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिए।  गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउँदा करण केसी र आरिफ शेख गोल्डेन डकआउट भएका थिए ।  

अमेरिकाका लागि सौरभ नेत्राभाल्कर, जसदीप सिंह र हर्मित सिंहले समान दुई विकेट लिए।

See More On

सुझावित समाचार