बागलुङको ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भिरमा फालेर हत्या गरेका छन्।
अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भिरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए।
बजार क्षेत्रनजिकको भिरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो।