कपिलवस्तुको विजयनगर गाउँपालिका- ६ जुडपनियाबाट सिसौको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एकजनालाई पक्राउ गरिएको छ ।
आइतबार साँझ लु.३त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरखसमेतलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए।
चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा संलग्न खानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।