युइएफए नेसन्स लिग: रोनाल्डोको गोलमा पोर्चुगल विजयी

आइतबार, २७ असोज, २०८१
डिजिटल संस्करण

युइएफए नेसन्स लिगमा पोर्चुगलले पोल्यान्डसँग सहज जित निकालेको छ। जितसँगै पोर्चुगलले महत्वपूर्ण तीन अंक आर्जन गरेको छ।

क्रिस्टियानो रोनाल्डोले १३३औं अन्तर्राष्ट्रिय गोल गरेको खेलमा पोर्चुगलले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गर्यो। लिग ए को ग्रुप वान खेलमा पोर्चुगलले बर्नार्डो सिल्भाको गोलले अग्रता लिएको थियो । रोनाल्डोले ३७औं मिनेटमा गोल गरे। रोनाल्डोले नेसन्स लिगका तीन खेलमा तीन गोल गरिसकेका छन्।

पिटर जिलेन्स्कीले घरेलु टिम पोल्यान्डका लागि एक गोल फर्काएलगत्तै पोर्चुगलले एक आत्मघाती गोल प्राप्त गर्यो।

सुझावित समाचार