अनुगमनको विरोधमा राजविराजका व्यापारीले गरे प्रदर्शन

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

सप्तरीको राजविराजमा अनुगमनको विरोधमा बजार बन्द गर्दै व्यापारीहरू आन्दोलित भएका छन्। व्यापारीहरूले राजविराजको मिनी मार्केटअगाडि सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन्।

बुधबार दिउँसो कर कार्यालय, स्थानीय प्रशासन र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको टोलीले अनुगमन गर्दा राजविराजस्थित गोपाल एन्ड वजरंग ट्रेडर्समा खुकुरी चुरोटको बट्टामा आन्तरिक राजस्व कार्यालयको नक्कली स्टिकर टाँसिएको भेटिएको थियो। टोलीले चुरोट नियन्त्रणमा लिएको थियो।

प्रदर्शनकारी व्यापारीहरूले प्रहरीकै मिलेमतोमा तस्करी हुने र ती सामान व्यापारीले किन्दा अनुगमन समितिले पक्राउ गरी दुःख दिने गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन्।

सुझावित समाचार