उपत्यकासहित मध्य नेपालबाट बाहिरियो मनसुन

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकासहित मध्य नेपालबाट मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कर्णाली, लुम्बिनी  र गण्डकीका पूरै भूभाग तथा काठमाडौं उपत्यकालगायत बागमतीको पश्चिमी र मधेश प्रदेशका पश्चिमी भूभागबाट बहिर्गमन भएको छ ।

 सुदूरपश्चिमका पूरै भूभाग र कर्णाली धेरै तथा लुम्बिनीका पश्चिमी भूभागको थोरै स्थानबाट २० असोजमा मनसुन बाहिरिएको थियो । मनसुनी वायु कमजोर हँुदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने महाशाखाले जनाएको छ ।

See More On

सुझावित समाचार