हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्डआसपास क्षेत्रमा पोल्यान्डकी २३ वर्षीया सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ ।
रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्यान्डका राहदानी नम्बर ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्डआसपास क्षेत्रमा मृत्यु भएको हो । नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई आज बिहान हेलिकाेप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं पठाइएको छ ।
रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौं ल्याएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिए। थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताए।
हिमाली पदयात्राका क्रममा पोल्यान्डकी एक महिलाकाे मृत्यु
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
स्रोत नखुलेको २१ लाख ४० हजार रुपैयाँसहित हेटौँडामा दुई पक्राउ
मकवानपुर । मकवानपुरको हेटौँडाबाट स्रोत नखुलेको २१ लाख ४० हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। हेटौँडा उपमहानगरपालि…
मंगलबार १० बजेसम्मका मुख्य १० खबर
कांग्रेस सभापतिका लागि तीनजनाको उम्मेदवारी नेपाली कांग्रेसको सभापतिका लागि तीनजनाको उम्मेदवारी परेको छ। १५औँ महाधि…
प्रभु बैंकका पूर्वसिइओ अशोक शेरचन जेल चलान
काठमाडौं । प्रभु बैंकका पूर्वसिइओ अशोक शेरचन कारागार चलान भएका छन्। बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले उनलाई …
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
काठमाडौं/ न्यायपरिषद्ले सर्वोच्च अदालतमा चारजना न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले रिक्त रहेको पदमा नियु…
महामन्त्रीका उम्मेदवार पौडेलका कांग्रेस रूपान्तरणका एजेन्डा : ‘प्राइमरी इलेक्सन’देखि आर्थिक सुधारसम्म
काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले पार्टी र राष्ट्र रूपान्तरणको विस्तृत, वैचारिक …
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश
काठमाडौं/ जिल्ला अदालत काठमाडौंले व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेशप्रसाद …