१०७ किलो गाँजा र बोलेरो गाडीसहित एकजना पक्राउ

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

मकवानपुर प्रहरीले हेटौँडाबाट १०७ किलो लागुऔषध गाँजा र बोलेरो गाडीसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका– २ पालुङका २४ वर्षीय सुजन तामाङ छन्। तामाङलाई मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बा. १२च २८८५ नम्बरको बोलेरो गाडीसहित पक्राउ गरिएको हो।

प्रहरीले तामाङले चलाएको बा. १२च २८८५ नम्बरको बोलेरो गाडीलाई हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा रहेको चेकपोस्टमा रोकी जाँच गर्दा बोलेरोमा लुकाई ल्याएको अवस्थामा १०७ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। 

उनले लागुऔषध गाँजा, बोलेरो गाडीसहित तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धानअगाडि बढाइएको जानकारी दिए। 

सुझावित समाचार