चिडियाखानामा बर्डफ्लु फैलिँदा ४७ बाघको मृत्यु

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

‘एच५एन१’ नामक बर्डफ्लु भाइरस संक्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, तीनवटा सिंह र एक प्यान्थरको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ ।

भियतनामको सरकारी समाचार एजेन्सी (भिएनए)का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरूको मृत्यु भएको हो ।

‘नेसनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस’को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु ‘एच५एन१ टाइप–ए’ भाइरसको संक्रमणबाट भएको भिएनएले जनाएको छ । 

चिडियाखानाले यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ । वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था ‘एजुकेसन फर नेचर भियतनाम (इएनभी)’ले सन् २०२३ को अन्त्यमा भियतनाममा कुल तीन सय ८५ बाघ बन्दी अवस्थामा रहेको बताएको छ ।

सन् २०२२ देखि ‘एच५एन१’ सहित इन्फ्लुएन्जा भाइरसका कारण स्तनपायीमा घातक प्रकोप बढ्दै गएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

See More On

सुझावित समाचार