शुक्रबार र शनिबार परेको अविरल वर्षाले धेरै राजमार्गमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा परेको छ । हरेक वर्ष नदी तटीय क्षेत्रमा बाढी आउने भए पनि यस वर्ष अलि बढी क्षति रेस्टुरेन्ट सञ्चालकको छाता संस्था क्षेत्रीय रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)का अध्यक्ष ध्रुव गिरीले बताए । उनका अनुसार १५ रेस्टुरेन्टमा बाढीले असर पुर्याएको छ ।
अधिकांश क्षति पुगेका रेस्टुरेन्ट मर्मत र सरसफाइ गरेर सञ्चालनमा आउन थालेका छन् । उनले भने, ‘बाढीपछि अब हामी पर्यटकको पर्खाइमा छौँ ।’
क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष गंगा गिरीका अनुसार राप्ती किनारका केही होटेलमा नदीको बाढी पसेको थियो । ठूलो क्षति नभए पनि आंशिक क्षति केही होटेलमा पुगेको थियो ।
होली लज, सपना भिलेज, होटेल रिभर साइडलगायतका होटेलमा बाढी पसेको थियो । ती होटेलको पनि सरसफाइ र मर्मत गरिसकिएको उनले जानकारी दिए । उनले भने, ‘बाढीका कारण अहिले सौराहाका कुनै होटेल बन्द छैनन् ।’