दसैँ, तिहार तथा छठलाई लक्षित गरी यामाहा नेपालले ल्याएको ग्राहक योजना ‘बिगेस्ट १०शैं’अन्तर्गत यामाहाका बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकमध्येबाट १० लाख नगद उपहार जित्ने पहिलो भाग्यशाली विजेताको घोषणा गरिएको छ ।
यस स्योरसट नगद उपहार योजनामा बुटवलस्थित डिलर बाइकर्ज बुटवल प्रालिबाट एफजेडएस भी थ्री डिलक्स मोटरसाइकल खरिद गरेका भाग्यशाली ग्राहक बालकृष्ण गिरीले १० लाख जितेका छन् ।
नक्सालमा आयोजित एक कार्यक्रममा नायिका प्रियंका कार्कीले लक्की ड्रमार्फत विजेता घोषणा गरेकी थिइन् ।
योजना अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले विभिन्न परिमाणका हात खाली नजाने स्योरसट क्यासब्याकका साथै अन्य धेरै उपहार पनि प्राप्त गरेका कम्पनीले जनाएको छ । १० लाखको लक्की ड्रका लागि योजना सुरु भएदेखि हालसम्म यामाहाका बाइक तथा स्कुटर खरिद गर्ने ग्राहक समावेश थिए ।
साथै, कम्पनीले यस योजनामा सहभागी दश लाख नगद उपहार जित्ने मौका अझै रहेको जनाएको छ । विजेता गिरीलाई बधाई दिँदै यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, ‘बिगेस्ट दसैँको यो सफलताले हामीलाई आगामी दिनमा पनि ग्राहकहरूको उत्सवलाई अझै भव्य बनाउने प्रेरणा मिलेको छ ।
यस योजना जारी रहेको र दश लाख नगद पुरस्कार जित्ने मौका अझै बाँकी रहेको हुँदा म अरू ग्राहकलाई पनि यस योजनामा सहभागिताका लागि आह्वान गर्छु ।’ यामाहाका बाइक र स्कुटरहरू खरिद गर्ने ग्राहकले नगद उपहारसहित गिफ्ट ह्याम्पर पनि जित्न सक्ने कम्पनीको भनाइ छ ।