नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक गरेको छ । क्यानले ५ देखि १२ असोजसम्म खेलाडीलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । एक साताभित्र ४२६ नेपाली खेलाडीले नाम दर्ता गराएको क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् । यसमध्ये १४२ खेलाडीलाई अन्तिम सूचीमा राखिएको छ । जसमा ग्रेड ‘ए’मा २७, ग्रेड ‘बी’मा ३८ र ग्रेड ‘सी’मा ७७ जना खेलाडी छन् ।
क्यानले केन्द्रीय सम्झौतामा रहेका, प्रदेशबाट खेलिरहेका र विभिन्न प्रदेश टोलीबाट गरेको प्रदर्शनका आधारमा १४२ खेलाडीलाई सर्टलिस्टमा राखेको लामाले बताए । खेलाडीको सूची तयार गर्दा एनपिएल आयोजक समिति र प्राविधिक समितिको सहयोग लिलिएको छ । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीको अक्सन आइतबार काठमाडौंमा हुनेछ ।
क्यानले ‘ए’मा रहेका खेलाडीको सुरुवाती मूल्य १५ लाख तोकेको छ । ‘सी’मा रहेका खेलाडीको न्यूनतम मूल्य पाँच लाख र ‘बी’का खेलाडीको १० लाख रहेको क्यानले जनाएको छ । उच्चतम मूल्यमा पुगेपछि चिट्ठाबाट खेलाडी छनोट हुनेछन् । लिगमा सहभागी रहने विदेशी खेलाडीलाई फ्रेन्चाइज टोलीले सीधै अनुबन्ध गर्न सक्छन् ।
क्यानले आठजना मार्की खेलाडीको सूची सार्वजनिक गरिसकेको छ । लक्की ‘ड्र’बाट भएको मार्की खेलाडीमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल (लुम्बिनी), सन्दीप लामिछाने (विराटनगर), कुशल भुर्तेल (पोखरा), कुशल मल्ल (चितवन), करण केसी (काठमाडौं), आसिफ शेख (जनकपुर), दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम) र सोमपाल कामी (कर्णाली)का मार्की खेलाडी बनेका छन् । आठ टोली सहभागी रहने एनपिएल १५ मंसिरदेखि ६ पुससम्म आयोजना हुनेछ ।
‘ए’ ग्रेडमा २७ जना (औसत मूल्य १५ लाख)
प्रतिश जिसी, सूर्य तामाङ, सन्दीप जोरा, अविनाश बोहरा, आकाश चन्द, विवेश यादव, रसिद खान, मोहमद आरिफ, सागर ढकाल, लोकेश बम, रिजन ढकाल, भीम सार्की, ललित राजवंशी, गुल्सन झा, देव खनाल, सहाव अलाम, विनोद भण्डारी, अनिल शाह, वसिर अहमद, शरद भेसवाकर, अर्जुन साउद, दिलीप नाथ, सुनाम गौतम, नन्दन यादव, किशोर महतो, कमलसिंह ऐरी, हेमन्त धामी
‘बी’ ग्रेडमा ३८ जना (औसत मूल्य १० लाख)
अर्जुन कुमाल, दीपक बोहरा, शेर मल्ल, विपिन खत्री, इशान पाण्डे, हरिशंकर साह, सुनील धमला, सुमित महर्जन, दीपेश श्रेष्ठ, भुवन कार्की, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अनिल खरेल, दीपक बोहरा, पृथु बाँस्कोटा, रित गौतम, दीपेन्द्र कँडेल, कृष्ण कार्की, जितेन्द्र मुखिया, राजेश पुलामी, किरण कुमार, नरेश बुढाऐर, हसिम अन्सारी, अर्जुन खत्री, प्रदीपसिंह ऐरी, रूपेश सिंह, विकास आग्री, शंकर राना, विपिन रावल, नारायण जोशी, आकाश त्रिपाठी, खड्क बोहरा, रवीन्द्रजंग शाही, आशुतोष घिरैया, आदिल खान, योगेन्द्र कार्की, अमर सिंह, प्रज्वल थापा
‘सी’ ग्रेडमा ७७ जना (औसत मूल्य ५ लाख)
सुवास भण्डारी, रामनरेश गिरी, कमल खत्री, गौतम केसी, अर्जुन चन्द्रा, विशाल पटेल, दीपक डुम्रे, निर्मल गुरुङ, उत्तम थापा, नरबहादुर सार्की, हिमांशु दत्त, तुलबहादुर थापा, क्रिजन गुरुङ, अमित श्रेष्ठ, ललित भण्डारी, दीपेन्द्र रावत, विवेक रानामगर, मोहमद हुसेन, दीपेश अधिकारी, प्रकाश जैसी, अभिषेक तिवारी, सोनु देवकोटा, फिर्दोष अन्सारी, राजु रिजाल, रञ्जित कुमार, सन्तोष कार्की, सुजन थपलिया, इमरान शेख, श्रवण यादव, अरनिको यादव, उनिस सिंह, नरेन भट्ट, मायान यादव, सुशान्तसिंह थापा, आयुव चन्द, भोजराज भट्ट, टेक रावत, नरेश साउद, शुभ शंकर, वसन्तसिंह कार्की, रविन जोशी, अंकित सुवेदी, निश्चल रावल, इसाद अहमेद, ईश्वर क्षेत्री, कमल परियार, हिंमाशु शाही, प्रतीक श्रेष्ठ, अमित गुरुङ, नितेश पटेल, रमेश कुर्मी, दिनेश अधिकारी, दिवन पुन, सन्दीपबहादुर राजली, मरिनाल गुरुङ, प्रदीप पासवान, राजेश यादव, चन्दन राम, विपिन आचार्य, चन्द्राकान्त पौडेल, वसन्त खत्री, प्रेम तामाङ, सुवास खत्री, सचिन लेखक, सन्दीप क्षेत्री, अभिषेक पाल