मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले संयुक्त रूपमा काभ्रेका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण गर्ने भएका छन् । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र आनी छोइङ डोल्मा फाउन्डेसनकी अध्यक्ष आनी छोइङले संयुक्त रूपमा राहत वितरण गर्ने भएका हुन् ।
राहत वितरणअन्तर्गत काभ्रे जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्र बेथानचोक, नेपालथोक, रोशी र पनौतीमा गरी २५ लाख रुपैयाँबराबरको खाद्यान्न, लत्ताकपडालगायत सहयोग गरिने आश्रम र फाउन्डेसनले जनाएका छन् ।