अविरल वर्षाका कारण बाढीपहिरोमा परी काभ्रे जिल्लामा मृत्यु हुनेको संख्या ६५ पुगेको छ। जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परी ६५ जनाले ज्यान गुमाएका हुन् ।
मंगलबारसम्ममा काभ्रे जिल्लामा ७१ जना घाइते भएका छन् भने आठजना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । हालसम्म ४७ जना उपचारपछि घर फर्किसकेका छन् भने २४ जना अझै उपचाररत रहेको प्रहरीले जनाएकाे छ ।
हालसम्म हेलिकाेप्टरबाट ७४५ जना र अन्यबाट तीन हजार २९९ जनाकाे उद्धार भएको छ। मंगलबारसम्ममा सवारीसाधनबाट आठ हजार ४७१ जनाको सवारीसाधनबाट उद्धार भएको पनि प्रहरीले जानकारी दिएकाे छ ।