आयोजक काष्ठमण्डप विद्यालयले मंगलबार दोस्रो काष्ठमण्डप कपमा दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप सिनियर पुरुष र जुनियर पुरुषको फुटसलमा च्याम्पियन बनेको हो ।
सिनियर पुरुषको फाइनलमा काष्ठमण्डपले काठमाडौं प्रज्ञाकुञ्ज स्कुललाई ४–० ले पराजित गर्यो । काष्ठमण्डपका मानव सुब्बाले सर्वाधिक दुई गोल गरेका थिए । मानव प्रतियोगिताकै उत्कृष्ट खेलाडी भएका छन् । काष्ठमण्डपकै रोनक प्रधान उत्कृष्ट गोलरक्षक चुनिए । जुनियर पुरुष फाइनलमा काष्ठमण्डपले रातो बंगलालाई ६–२ ले हरायो ।
काष्ठमण्डपका लागि सहज ढकालले ह्याट्रिकसहित चार गोल गरे । उनी नै उत्कृष्ट खेलाडी बने । काष्ठमण्डपका आरम्भ श्रेष्ठ उत्कृष्ट गोलरक्षक ठहरिए । फुटसलकै सिनियर महिलाको उपाधि काठमाडौं वल्र्ड स्कुलले जित्यो । उपाधि भिडन्तमा काठमाडौं वल्र्ड स्कुलले जोन डेवीलाई सडन डेथमा पाखा लगायो ।