बागमती प्रदेशको १४औँ अधिवेशन अन्त्य गर्न सिफारिस

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले चालू १४औँ बजेट अधिवेशन अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गरेको छ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले १६ असोज बुधबार रातको १२ बजेबाट अधिवेशन अन्त्य हुने गरेर सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

मन्त्री लामिछानेले ३१ वैशाख ०८१ बाट सुरु भएको बजेट अधिवेशन संविधानको धारा १८३ को उपधारा २ बमोजिम अन्त्य गर्न सिफारिस गरेको बताए।

सुझावित समाचार