हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ की २० वर्षीया रेजिना बुढालाई  हेलिकोप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।  
सुत्केरी भएपछि बुढाको साल नखसेको कारण हेलिकोप्टरमार्फत सुर्खेत रिफर गरिएको १ नम्बर वडाका वडाध्यक्ष रजबहादुर बुढाले जानकारी दिए। 

बच्चा जन्मिएपछि साल नखसेकाले सिस्ने गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राष्ट्रपति महिला उत्थान (निःशुल्क हवाई उद्धार सेवा) कार्यक्रममार्फत हेलिकोप्टर झिकाएर सुत्केरीलाई सुर्खेत पठाइएको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए।

मंगलबार बिहान सिस्ने– १ भट्टेचौरमा बच्चा जन्मे पनि साल नखसेपछि परिवारले वडा कार्यालयमा खबर गरेको थियो। त्यसपछि वडाध्यक्ष बुढाले सिस्ने गाउँपालिकामा सिफारिससहित खबर गरेका थिए। अहिले सुत्केरी महिला बुढालाई सुर्खेत पुर्याइएको छ।

सुझावित समाचार