बेथानचोकको दुःख : न टेलिफोन टिप्छ न रासन छ

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

१०-१२ असोजको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेका कुनै पनि गाउँ सद्दे छैनन्। बेथानचोक गाउँपालिकाका गाउँहरू खण्डहर बनेका छन्। यहाँका वासिन्दाले सर्वस्व गुमाएका छन्, बाहिरी संसारबाट सम्पर्कविच्छेद छ।

पहिरो गएको चार दिन वितिसक्यो, तर अझै न विजुली छ न त टेलिफोन नै टिप्छ। खानेपानीका धारा पहिराेसँगै बगेका छन्।  सडक अवरुद्ध हुँदा घरको खाद्यान्न सकिन थालेको छ, ढुवानी गर्न सडक बाँकी छैनन्।

तस्बिरमा हेर्नुस् खण्डहर बनेकाे बेथानचाेक :

 

सुझावित समाचार