कैलाशमा शिक्षकलाई दिइयो किशोरी सुरक्षा तथा आत्मरक्षा तालिम

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

मकवानपुरको कैलाश गाउँपालिकामा तीनदिने किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालिम सम्पन्न भएको छ। तालिम १० देखि १२ असोजसम्म सञ्चालन भएको थियो।

तालिममा पालिकाभित्रका ४८ वटा विद्यालयबाट एक–एक शिक्षकको सहभागिता रहेको स्रोतशिक्षक ध्रुवराज विष्टले जानकारी दिए। स्रोतशिक्षक विष्टका अनुसार तालिममा विद्यालय उमेरका बालबालिकाहरूको सुरक्षा र आत्मरक्षा सीप विकाससम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण दिइएको थियो।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले यस किसिमको तालिमले विद्यालय उमेरका बालबालिकालाई सुरक्षित हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

उनले पालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार तालिम आयोजना गरिएको बताउँदै तालिममा सहभागी शिक्षकले आफ्नो विद्यालयमा गई कम्तीमा ६ महिनाको कार्यतालिका बनाएर बालबालिकालाई आत्मरक्षा सीप सिकाउन आग्रह गरे।

तालिमका प्रमुख प्रशिक्षक तथा किड पावर इन्टरनेसनलका नेपाल प्रतिनिधि सुष्मा पोखरेलले विद्यालयका बालबालिकालाई तालिमले आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूको सर्वांगीण विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।
 

सुझावित समाचार