लुम्बिनी प्रदेशमा विपतबाट चार दिनमा एक करोड ४३ लाखको क्षति

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशमा पछिल्लो चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपैयाँबराबरको क्षति भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विपतका ३२ वटा घटनामा एक करोड ४३ लाखबराबरको क्षति भएको छ। असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपतका घटना घटेका छन् । यो अवधिमा अधिक वर्षा, पहिरो, बाढी तथा डुबानका घटना घटेका हुन् ।

विपतमा परेर तीनजनाको मृत्यु, दुईजना घाइते र एकजना बेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । बाढीमा परेर रुपन्देहीमा दुईजना र पानीमा डुबेर बाँके जिल्लामा एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो अवधिमा १९ वटा घर भत्किएका छन् भने १६८ वटा घरमा आंशिक क्षति भएको छ । तीनवटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । सातवटा गोठमा पनि क्षति पुगेको जनाइएको छ । 
 

सुझावित समाचार