बार अध्यक्षको टिप्पणीमा न्यायपरिषद्को आपत्ति

सोमबार, १४ असोज, २०८१
डिजिटल संस्करण

नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको टिप्पणीप्रति न्यायपरिषद्ले आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै परिषद्ले घिमिरेको टिप्पणी आधारहीन दूषित भावनाबाट ग्रसित र पूर्वाग्रही मनोदशाबाट आएको परिषद्ले प्रतिक्रिया दिएको छ।

‘उच्च अदालतको मुख्य न्यायाधीशजस्तो जिम्मेवार एवं न्यायसम्पादनमा निरन्तर क्रियाशील व्यक्तिहरूलाई उहाँहरूको कार्यसम्पादन मूल्यांकन र न्यायिक क्षेत्रमा पुर्‍याएको योगदानसमेतलाई दृष्टिगत गरी न्यायपरिषद्को सामूहिक विवेकद्वारा गरिएको सर्वसम्मत सिफारिसलाई अनुचित रूपमा सर्वसाधारणसमक्ष भ्रम उत्पन्न हुने गरी न्यायिक मूल्य र मान्यतालाई समेत विचारै नगरी गरिएको उक्त टिप्पणीप्रति सचिवालयले खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

बारको विरोधका बाबजुद न्यायपरिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि अध्यक्ष घिमिरेले न्यायपालिकालाई गम्भीर असर पार्ने निर्णय हुन लागेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए।

सुझावित समाचार