पाँच दिनपछि भारतीय पर्यटकको उद्धार

सोमबार, १४ असोज, २०८१
डिजिटल संस्करण

भारतको गुजरातबाट करिब ३० जना पशुपतिनाथ दर्शनका लागि नेपाल आएका थिए। उनीहरू गत बिहीबार बेलुकी ट्राफिक जामका कारण काभ्रेको रोशी गाउँपालिका– ११ कालढुंगामा रोकिएका थिए।

जाम खुल्ने आसमा बसिरहेका उनीहरूको बसलाई बाढीले बगाउन थाल्यो। उनीहरू नजिकैको विद्यालयमा गएर बसे। निरन्तर पानी परेपछि उनीहरूको होसहवास उड्दै गयो।

पाँच दिनपछि हवाई उद्धार भएर धुलिखेलमा अवतरण भएपछि उनीहरू खुसी देखिन्थे। तिनैमध्येका भूतपूर्व भारतीय सेना बताउने देवराज पटेलले बल्ल बाँचेँ भन्ने लागेको भन्दै नेपाली सेनालाई धन्यवाद दिए। ३१ जनाको समूहमा आएका उनीहरूमध्ये सातजनाको सेनाले उद्धार गरेको छ।

‘हामीले भारतीय दूतावासलाई पटकपटक फोन गर्याैँ, तर दूतावासले कुनै रेस्पोन्स गरेन,’ भावुक हुँदै पटेलले भने। दूतावासमा सम्पर्क गर्दा प्रक्रिया भनेर चार दिनदेखि खान नपाएको उनले गुनासो गरे।

उद्धारपछि धुलिखेलमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई उद्धारका लागि धन्यवाद दिँदै बाँकी भारतीयहरूको पनि छिटो उद्धार गरिदिन अनुरोध गरे।

सुझावित समाचार