काभ्रेमा मृतकको संख्या ५४ पुग्यो

सोमबार, १४ असोज, २०८१
डिजिटल संस्करण

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी काभ्रेमा मृत्यु हुनेको संख्या ५४ पुगेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म बाढिपहिरोमा परी ५४ जनाको ज्यान गएको छ भने अझै ६ जना बेपत्ता छन्। 

बाढिपहिरोमा परी घाइते हुनेको संख्या ५२ रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको धुलिखेल अस्पतालमा र केहीको काठमाडौंमा उपचार भइरहेको छ।

केही उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ। हालसम्म बाटोमा अलपत्र परेका ५७३ जनाको उद्धार भएको छ।

सुझावित समाचार