पहिरोले क्षतविक्षत काभ्रेसहित २५ स्टेसनमा वर्षाको रेकर्ड ब्रेक, दामनमा ४१० मिलिमिटर वर्षा

आइतबार, १३ असोज, २०८१
डिजिटल संस्करण
पहिरोले क्षतविक्षत काभ्रेसहित २५ स्टेसनमा वर्षाको रेकर्ड ब्रेक, दामनमा ४१० मिलिमिटर वर्षा

शनिबार र आइतबार परेको अविरल वर्षापछि उर्लिएको हनुमन्ते खोला । तस्बिर ः सतिश पोखरेल÷नयाँ पत्रिका।

शनिबार देशका २५ स्टेसनमा वर्षाले रेकर्ड ब्रेक गरेको पाइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसमध्ये सबैभन्दा धेरै स्टेसन काठमाडौं उपत्यका र काभ्रेका छन्। 

२४ घन्टा (शुक्रबार बिहान ८ः४५ देखि शनिबार बिहान ८ः४५) मा रेकर्ड ब्रेकमध्ये सबैभन्दा धेरै वर्षा मकवानपुरको दामनमा ४१० मिलिमिटर वर्षा मापन भएको छ। यहाँ यसअघि २३ जुलाई २० जुलाई १९९३ मा ३७३.२ मिमि वर्षा रेकर्ड भएको थियो।

काभ्रेका तीन स्टेसनमा रेकर्ड ब्रेक भएको छ। खोपासीमा शनिबार ३३१.६ मिलिमिटर रेकर्ड भएको छ, यहाँ ३ सेप्टेम्बर २०१५ मा २७६.९ मिलिमिटर वर्षा मापन भएको थियो। 

त्यस्तै, काभ्रेकै पाँचखालमा २३२.५ मिलिमिटर वर्षा रेकर्ड भएको छ, यहाँ यसअघि २१ अगस्ट १९९९ मा १४५ मिमि वर्षा रेकर्ड भएको थियो।  धुलिखेलमा २२४.६ मिमि वर्षा मापन भएको छ, यहाँ २३ जुलाई २००२ मा २२० मिमि रेकर्ड भएको थियो। 
कहाँ कति पानी पर्यो ?
 

सुझावित समाचार