चार दिनअघि नै मौसम पूर्वानुमान गरे पनि पूर्वतयारीमा सरकारले ढिलासुस्ती गर्‍यो : शक्ति बस्नेत

आइतबार, १३ असोज, २०८१
डिजिटल संस्करण
चार दिनअघि नै मौसम पूर्वानुमान गरे पनि पूर्वतयारीमा सरकारले ढिलासुस्ती गर्‍यो : शक्ति बस्नेत

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतले विपदको पूर्वतयारीमा सरकार चुकेको बताएका छन्। आइतबार सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले मौसम विभागले चार दिनअघि नै पूर्वानुमान गर्दा पनि सरकारले पूर्वतयारीमा ढिलाइ गरेको बताएका हुन्।

एक दिन मात्रै वर्षा हुँदा पनि काठमाडौंमा विभिन्न दुर्घटना हुने गरेका स्मरण गराउँदै उनले भने, ‘तीन दिन लगातार भारी वर्षा भयो भने अहिलेसम्म हामीले व्यहोरेको भन्दा धेरै ठुलो र चुनौतीपूर्ण हुन सक्छ भन्ने कुरा सरकारले यथासमयमा नै अनुमान गरेर त्यसअनुसारको पूर्वतयारी गर्नुपर्थ्यो ।’

पूर्वानुमान र पूर्वसूचनामा राम्रो भए पनि पूर्वतयारीमा सरकार चुकेको बताउँदै बस्नेतले खोजी र उद्धारमा लाग्न सबैलाई आह्वान गरे।
 

सुझावित समाचार