नागढुंगा पहिरो अपडेट: थप नौ यात्रुको शव निकालियो, मृतकको संख्या १४ पुग्यो

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्लेखोलामा आज बिहान गएको पहिरोमा पुरिएका १४ यात्रुको शव फेला परेको छ।

शनिबार बिहान आएको पहिरोले केही सवारीसाधन पुरेको थियो। कति सवारीसाधन पुरिएको हो र तिनमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन। 

सुरक्षाकर्मीले पहिरो खोतल्ने क्रममा थप नौ शव फेला पारेसँगै मृतकको संख्या १४ पुगेको छ। पाँचजनाको शव यसअघि निकालिएको थियो। 

पहिरो खोतल्ने क्रममा थप नौ गरी १४ जनाको शव भेटिएको र थप उद्धार जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

सुझावित समाचार