महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ८ कुस्मादीमा सोनी नदीले दुई बालबालिकालाई बगाएको छ। सोनी नदीको बाढी हेर्न आएका उनीहरूलाई बगाएको हाे।
१६ वर्षीेय रोहित साह र ११ वर्षीया करिना महतोलाई बाढीले बगाएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो। करिब एक घण्टापछि करिनालाई पाँच सय मिटर तल झाडीमा प्रहरीले सकुशल उद्धार गरेको छ। रोहित भने भेटिएका छैनन्।
उनको खोजीकार्य तीव्र बनाइएको एसपी नकुल पोखरेलले जानकारी दिए।