काठमाडौंको नागार्जुन नगरपालिका ३ इचङ्गु नारायण मन्दिरनजिकै घर भत्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षका पुरुष रहेका छन्। उनको सनाखत हुन सकेको छैन।
त्यस्तै, भत्किएको घरमा अन्य तीनजना पुरिएका छन्। अहिले सशस्त्र प्रहरीको मुख्यालयबाट एम्बुलेन्स सहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।