नागढुंगा नजिकै पहिरोले चार गाडि पुरिए

प्रहरी वृत्त थानकोटका अनुसार दुई बस र दुई माइक्रोबस पुरिए

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौंको नागढुंगानजिकै झ्याप्लेखोला छेउमा सडकमा रोकिराखेका गाडी पहिरोले पुरिएका छन् । कम्तीमा चार वटा गाडी पुरिएको प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त थानकोटका अनुसार दुई बस र दुई माइक्रोबस पुरिएका हुन् । तीन जनाको घाइतेलाई अस्पताल लगिएको र उद्धार जारी रहेको थानकोट वृत्तका डिएसपी सूर्यप्रसाद सुवेदीले बताए । सडक अवरुद्ध भएका कारण उद्धारमा समेत कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार