बाढीपहिरोमा परेर काभ्रेमा दुई र पाँचथरको फिदिममा दुई गरी चारको मृत्यु

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

बाढीपहिरोमा परेर काभ्रेमा दुई र पाँचथरको फिदिममा दुई गरी चारको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ७ बस्ने भिम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती बर्ष ५० की पातली तामाङ र बर्ष ४० की नक्कली तामाङको मृत्यु भएको छ । 

यसैगरी काभ्रेको पनौति नगरपालिका-११ थुम्कि भन्ने स्थानमा पहिरोले ५/६ वटा घर पुरिँदा ४/५ जना मानिस वेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजीकार्य जारी छ । 

यस्तै पाँचथरको फिदिम नगरपालिका-४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा नाम वतन नखुलेका २ जना मृत्यु भएको छ। 

यसैगरी धनकुटाको पाख्रिबास नगरपालिका ५ स्थित गुँरासे बस्ने सन्तोष तामाङ्गको कच्ची घर पहिरोले पुरिँदा उनकी श्रीमती बर्ष ३२ की आशा तामाङ्ग र उनकी आमा बर्ष ५० की राम कुमारी तामाङ्ग बेपत्ता भएका छन् । 

यसैगरी ललिपुर महानगरपालिका १३ कुसुन्ति दिब्यनगरमा नख्खु खोलाको बहाब बढी नजिक रहेको बाटोमा पानी बगी ग्यारेजमा काम गर्ने  ३० जना मजदुर फसेका थिए । उनीहरुको नं.२१ गणबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य शुरु गरेको छ ।

सुझावित समाचार