खराब मौसमका कारण आजका उडानहरू प्रभावित

आजका माउण्टेन फ्लाईटहरु पनि रद्द

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन् ।

पश्चिममा धनगढी, नेपालगन्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरू सञ्चालन छन् भने अन्य गन्तव्यहरूमा उडान हुन सकेका छैनन् ।

मौसम बिग्रिएकाले आजका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) पनि रद्द भएका छन् । उडानसम्बन्धी जानकारी बुद्ध एयरको मोबाइल एपबाट लिन सकिन्छ ।
 

See More On

सुझावित समाचार