आरबिबि म्युचुअल फन्डको प्रतिफल खातामा जम्मा

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

आरबिबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फन्ड १ र आरबिबि म्युचुअल फन्ड २ ले आफ्ना एकाइधनीलाई नगद लाभांश पठाएको छ । 

राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक तथा आरबिबि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेका दुईवटै योजनाले एकाइधनीलाई ८ असोजबाट एकाइधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा आइपिएसमार्फत लाभांश जम्मा गर्न थालेको बताइएको छ । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको दुईवटा म्युचुअल फन्ड आरबिबि म्युचुअल फन्ड १ र आरबिबि म्युचुअल फन्ड २ ले क्रमशः ३.८१ प्रतिशत (करसहित) र ८.७४ प्रतिशत (करसहित) आफ्ना एकाइधनीलाई लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । साथै, एकाइ धितो राखेका एकाइधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र अनिवार्य पेस गरेपश्चात् मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।

See More On

सुझावित समाचार