चाडपर्वमा भाटभटेनीले ल्यायो छुटैछुट योजना

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

भाटभटेनी सुपरमार्केटले दसैँ–तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ । यो योजना असोज १७ गतेदेखि कात्तिक २२ गतेसम्म रहने बताइएको छ । 

भाटभटेनीका अनुसार ग्राहकले सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुट पाउनेछन् । साथै, किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट हुनेछ भने रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ । 

सबै प्रकारका रेडिमेड तथा जुत्तामा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने निर्धारित वस्तुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय ब्रान्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशतसम्म छुट दिन लागिएको छ । दैनिक उपभोग्य सामान चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायतका खाद्यान्नमा समेत भारी छुट दिन लागिएको भाटभटेनीले जनाएको छ ।

जिरामसिनो स्टिम चामल दुई हजार दुई सय २० रुपैयाँमा प्रदान गर्न लागिएको छ । अफर अवधिभर यही मूल्यमा जिरामसिनो चामल प्राप्त गर्न सकिनेछ । त्यसैगरी, प्रिमियम सोना मनसुली २५ केजीको बोरा चाडपर्व अफरमा एक हजार ६ सय ४० रुपैयाँमै प्राप्त गर्न सकिने भएको छ । यो अफर योजनामा लङ्ग्रेन चामल २० केजीको तीन हजार दुई सय २५ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ । 

त्यसैगरी, मुसरको दाल प्रतिकेजी एक सय ४८ रुपैयाँ, मासको दाल प्रतिकेजी दुई सय १३, रहरको दाल प्रतिकेजी दुई सय ८८ रुपैयाँ, मुंगको दाल प्रतिकेजी एक सय ६७ रुपैयाँ, ब्राउन चना प्रतिकेजी एक सय ६८ रुपैयाँ, चिउरा प्रतिकेजी एक सय आठ रुपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ । 

दसैँ–तिहार र छठजस्ता महान् पर्वलाई ध्यानमा राखेर ग्राहकलाई यसरी छुट प्रदान गर्न लागिएको भाटभटेनीका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए ।

सुझावित समाचार