सेतो सिमीको माग बढेसँगै कृषक उत्साहित

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

रामेछाप जिल्लाको उच्च लेकाली भू–भागमा रैथाने बालीका रूपमा लगाइँदै आएको सेतो सिमीको माग बढेसँगै किसानहरू उत्साहित भएका छन् । उच्च लेकाली भू–भागमा हुने सेतो सिमी गाउँमै राम्रो मूल्यमा बिक्री हुन थालेपछि किसानहरू बजारसम्म धाउनुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । घरमै सिमी प्रतिपाथी ६ सय रुपैयाँदेखि सात सयसम्म बिक्री हुने गरेको छ । 

उच्च लेकाली भू–भागको हावापानीमा मात्रै हुने यो सिमी विशेष गरी उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्ती, प्रीति, कुभुकास्थली र गुप्तेश्वरलगायतका वडाहरूमा खेती गरिँदै आएको उमाकुण्ड गाउँपालिकाकी उपध्यक्ष सावित्री सुनुवारले जानकारी दिइन् । अन्य बालीको तुलनामा लगाउन पनि सजिलो र मूल्य पनि राम्रो आउने भएपछि किसानहरू यसतर्फ आकर्षित भएको उनको भनाइ छ । उमाकुण्डका अलावा गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र बेतालीमा पनि सेतो सिमी खेती गर्ने कृषकको संख्या बढेको छ । गोकुलगंगा गाउँपालिका–३, रस्नालुका शोभा सुनुवारले काठमाडौंका व्यापारीले फोनबाट सिमी अर्डर गर्ने गरेको बताइन् । 

अहिले उत्पादन भएको उपज बिक्री नहुने चिन्ता नभएको उनले बताइन् । रैथाने बालीका रूपमा रहेको सेतो सिमीको उत्पादन अझ बढाउन सके किसानको आर्थिक अवस्था निकै सुधार हुने उमाकुण्ड गाउँपालिका–४, प्रीतिका मानबहादुर खत्रीले जानकारी दिए । 

See More On

सुझावित समाचार