महिला लिगमा सुदूरपश्चिमविरुद्ध एपिएफको १९ गोल

सोमबार, ७ असोज, २०८१
डिजिटल संस्करण

राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध १९–० को फराकिलो जित निकालेको छ। सोमबार भएको खेलमा तीन खेलाडीले ह्याट्रिक पूरा गरे।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफलाई जित दिलाउन रश्मिकुमारी घिसिङ र अनिता केसीले समान चार गोल गरेका थिए। प्रीति राईले तीन गोल गर्दा कुसुम खतिवडा र सबिता रानामगरले समान दुई गोल गरे। सरू लिम्बू र रेनुका हमालले समान एक गोल गर्दा दुई गोल आत्मघाती भएको थियो। रश्मि, अनिता, प्रीति, सबिता, सरू नेपालको राष्ट्रिय टोलीका सदस्य हुन्। कुसुम र रेनुकाले उमेर समूहबाट खेलेका छन्।

जारी लिगमा यो सबैभन्दा ठुलो अन्तरको जित हो। यसअघि अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिमविरुद्ध नै १४–१ को जित निकालेको थियो।

जितसँगै आठ खेलमा २२ अंक जोडेको एपिएफ शीर्ष स्थानमा यथावत छ। आठै खेलमा पराजित सुदूरपश्चिम विनाअंक पुछारमा छ। आठ खेलमा ६५ गोल व्यहोर्दा सुदूरपश्चिमले जम्मा तीन गोल फर्काएको छ।

सुझावित समाचार