समाजसेवा र चित्लाङ उपाधिका लागि भिड्ने

आइतबार, ६ असोज, २०८१
डिजिटल संस्करण

समाजसेवा क्लब र चित्लाङ फुटबल क्लब काठमाडौं जिल्लास्तरीय नकआउट/ लिग फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। 

आइतबार सानो गौचरण मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा समाजसेवाले कुर्दन फुटबल एकेडेमीविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो। समाज सेवाका लागि अभिषेक स्रिपाली र प्रधानबहादुर तामाङले गोल गरे। कुर्दनका लागि आयुषमान श्रेष्ठले गोल फर्काएका हुन्। 

दोस्रो सेमिफाइनलमा चित्लाङले भुइँखेल फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्यो। निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएको थियो। 

फाइनल खेल सोमबार हुनेछ। विजेताले एन्फा प्रदेश लिगमा प्रतिस्पर्धा गर्ने अध्यक्ष विराटजंग शाहीले बताए।

सुझावित समाचार