क्यानडाविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

आइतबार, ६ असोज, २०८१
डिजिटल संस्करण

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपालले क्यानडाविरुद्ध दोस्रो खेलमा टस जितेको छ 

क्यानडाको किङ सिटीमा कप्तान रोहितकुमार पौडेलले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेका हुन्। टस हारेको घरेलु टोलीले सुरुमा बलिङ गर्नेछ। 

यसअघि भएको दुई खेलमा नेपाल दुवै खेलमा पराजित भएको थियो। क्यानडासँग १०३ तथा ओमानसँग एक विकेटले हारेको हो। 

नेपालले लिग २ मा ६ खेल खेल्दा मात्र एक जित निकालेको छ। पाँच खेलमा पराजित भएको छ। २ अंक जोड्दा टोली पुछारमा छ। 

क्यानडा १० खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ।

सुझावित समाचार