काठमाडौं महानगर प्रिक्वाटरफाइनलबाट बिदा

शनिबार, ५ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपलिका केन्द्र दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको प्रि-क्वाटरफाइनलबाट बाहिरिएको छ। लैनचौर फुटसल मैदानमा शनिबार भएको खेलमा वडा नं ९ ले काठमाडौं महानगरपालिकालाई ७–१  ले हरायो।

विजयी टिमका सागर भट्टले ह्याट्रिक गरे। उनी नै  म्यान अफ द म्याच बने। अन्य गोल असिम लामिछाने, अर्जुन श्रेष्ठ, रोहन विक, अजयविक्रम अधिकारीको नाममा रह्यो। काठमाडौं महानगरपालिकाका लागि भूपदेवले सान्त्वना गोल गरे। 

अन्य खेलमा वडा नं ६ ले वडा नं ३ लाई २–०, वडा नं १६ ले वडा नं २० लाई ३–१ र वडा नं १४ ले वडा नं १० लाई २–० ले हराए। उपाधि रक्षा अभियानमा रहेको वडा नं १४ का लागि राजु बुढाथोकीले दुवै गोल गरे। राजु नै म्यान अफ द म्याच घोषित भए। यसैगरी, विनोद पुडासैनी र नामदुल सान्बो लामाको गोलले वडा नं ६ विजयी भयो।

वडा नं. ३ विरुद्धको खेलमा वडा ६ का दीपेश श्रेष्ठ उत्कृष्ट खेलाडी बने। यसैगरी, वडा १६ लाई जित दिलाउन आयुष कुँवरले दुई तथा रविन निरौलाले एक गोल गरे। आयुष म्यान अफ द म्याच पनि चुनिए।  वडा २० का ज्ञानेन्द्र मल्लले गरेको गोल सान्त्वना मात्र बनेको थियो।
 

सुझावित समाचार