अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन प्रतियोगिता : सर्वाेकृष्ट धावककाे उपाधि पाँचथरका राईलाई

शनिबार, ५ असोज, २०८१
डिजिटल संस्करण

ताप्लेजुङमा अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन प्रतियोगितामा सर्वाेकृष्ट धावकको उपाधि पाँचथर जिल्लाका विशाल राईले चुमेका छन्। एक विदेशीसहित ११ महिला र ४० पुरुष गरी ५१ जना म्याराथनमा सहभागी भएका थिए। ५० जनालाई पछि पार्दै विशाल राईले उपाधि चुमेका हुन्। राईले ४.१६ मिनेटमा निर्धारित ४८ किलोमिटर दूरी पार गर्दै सर्वाेत्कृष्ट धावकको उपाधि हात पारेका हुन्। 

सो म्याराथनमा पुरुषतर्फको प्रथम उपाधि बजाङका करन रावलले पाएका छन्। करनले निर्धारित दूरी ४.१७ मिनेटमा पार गर्दै पुरुषतर्फको प्रथम उपाधि हात पारेका हुन्। दोस्रो उपाधि भने ताप्लेजुङका रमेश लिम्बूले हात पारेका छन्। निर्धारित समय ४.२६ मिनेटमा पार गर्दै लिम्बूले दोस्रो हुन सफल भएका हुन्। 

सोलुखुम्बुका अर्जुन कुलुङ राई पुरुषतर्फको तेस्रो हुन सफल भए। उनले निर्धारित समय चार घण्टा ३१ मिनेटमा पार गर्दै तेस्रो भएका हुन्। अन्तर्राष्ट्रिय रेडपान्डा संरक्षण दिवसको अवसर पारेर प्रतियोगिता सम्पन्न गरिएको हो। 

फुङलिङ बजारको तोक्मेडाँडाबाट सुरु भइ तीन हजार सात ९४ मिटर उचाइको पाथीभरा मन्दिरसम्म पुगेर पुनः फुङलिङ बजार फर्कने गरी कुल ४८ किलोमिटर दूरी निर्धारण गरिएको थियो।

म्याराथनमा सबैभन्दा पहिला दौड पूरा गर्ने एकजनालाई म्याराथनका विजेता घोषित गरी नगद एक लाख रुपैयाँ पुरस्कार दिइनेछ भने सर्वाेत्कृष्ट धावकबाहेक पुरुष प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः जनही ५०,३० र २० हजार रुपैयाँ नगद पुरस्कार दिइने बताइएको छ। 

सुझावित समाचार