नेसनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

शुक्रबार, ४ असोज, २०८१
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ सम्पन्न गरेको छ।

मधेश प्रदेशबाट योग्य  भएका करिब ३० अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागी सबै अभिकर्तालाई उनीहरूको लगनको कदर गर्दै  मायाको चिनो प्रदान गरेका कम्पनीले जनाएको छ। स्किममा व्यवस्था भएअनुरूप ‘अर्ली क्वालिफायर’ विजेता र ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो।

प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनाेट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेशस्तरीय सम्मान गर्ने क्रममा मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए। समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभरबाट तीन सयभन्दा बढी अभिकर्ताहरू छनाेट हुँदा मधेश प्रदेशबाट ३० जना छनाेट भएका जानकारी दिए।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमक्ष बिमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूबारे विस्तृत रूपमा जानकारी गराउन पाएकोमा खुसी व्यक्त गरेका थिए।

सुझावित समाचार