केही दिन ओरालो लागेको सुन आज तोलामा एक हजार पाँच सयले बढ्यो

शुक्रबार, ४ असोज, २०८१
डिजिटल संस्करण

लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा  एक हजार पाँच सय रुपैयाँले बढेको छ। 

बिहीबार प्रतितोला  एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ५७ हजार एक सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य आज तोलामा  ३५ रुपैयाँले  वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार ९१५ रुपैयाँ  निर्धारण भएको छ। 

See More On

सुझावित समाचार