सुनको मूल्य तोलामा आठ सयले घट्यो

बिहिबार, ३ असोज, २०८१
डिजिटल संस्करण

उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु. आठ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु. एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु. एक लाख ५५ हजार ६ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले घटेको छ । बुधबार प्रतितोला रु. एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार आठ सय ८० निर्धारण भएको छ ।

See More On

सुझावित समाचार