दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

बिहिबार, ३ असोज, २०८१
डिजिटल संस्करण

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा.८प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका– १८ निवासी २२ वर्षीय श्रवनकुमार पुन र पछाडि सवार घोराही– ४ निवासी २१ वर्षीय विनोद केसीको मृत्यु भएको हो ।

बिहीबार बिहान लमही नगरपालिका– ६ वेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरूलाई लमही अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । उनीहरूलाई अस्पताल पुर्याएलगत्तै  डाक्टरले मृत घोषणा गरेका थिए ।

सुझावित समाचार